निगमको कारोबार डिजिटल बनाइदैं
gorkhapatraonline.com · Thu Nov 05 01:28:05 UTC 2026

काठमाडौँ, कात्तिक १९ गते । नेपाल आयल निगमले प्रशासनिक र आर्थिक कारोबारलाई डिजिटल बनाउन लागु गर्न लागेको इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) परियोजना छ वर्ष हुँदा पनि पूरा हुन सकेको छैन । निर्माणको २४ महिना र कार्यान्वयन तथा मर्मतसम्भारका लागि ३६ महिनामा सक्ने गरी २०७७ साउन ४ गते सम्झौता भएको परियोजनाको काम अझै १२ प्रतिशत बाँकी छ ।
तीन वर्षमा सक्ने लक्ष्य राखिएकोमा काम नसक्दा म्याद थप गरी हालै मात्र नियोटेरिक नियो सफ्टवेयर जेमिङले निगमलाई सञ्चालन हस्तान्तरण गरेको छ । थप म्याद गर्दा पनि थपिएको निगमको इआरपी परियोजनाले जनाएको थियो । नियोटेरिक नियो सफ्टवेयर जेमिङ सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियाबाट छनोट भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)