मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पहिलो खेलमै ह्याट्रिक गरेका १६ वर्षीय ग्याब्रिएल रियल मड्रिड जाने तयारीमा

bishowkhabar.com · Thu Nov 05 01:30:12 UTC 2026

काठमाडौं – युरोपेली युवा फुटबलमा चर्चामा रहेका म्यानचेस्टर युनाइटेडका १६ वर्षीय फरवार्ड जेजे ग्याब्रिएल स्पेनिस क्लब रियल मड्रिड जाने तयारीमा छन् । रियल मड्रिडले उनलाई आगामी जनवरीमा अनुबन्ध गर्ने लक्ष्यसहित ग्याब्रिएल र उनका प्रतिनिधिसँग मौखिक सहमति गरेको छ ।

बिबिसी स्पोर्टका अनुसार ग्याब्रिएललाई अनुबन्ध गर्ने दौडमा रियल मड्रिडले अग्रता लिएको छ। बार्सिलोना, पेरिस सेन्ट जर्मेन र बायर्न म्युनिखलगायत युरोपका अन्य क्लबले पनि उनीप्रति चासो देखाएका थिए । तर रियल मड्रिडले सम्झौताको प्रक्रिया अघि बढाउन बढी प्रगति गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)