तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक, प्राकृतिक फूलका लागि २६ स्थान तोकियो
hamrakura.com · Tue Nov 03 00:00:00 UTC 2026

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्रीको बिक्रीवितरणमा पूर्ण रोक लगाएको छ। महानगरपालिकाले सोमबार सूचना जारी गर्दै प्लास्टिकका फूल, माला र सजावटका सामग्री बिक्री नगर्न व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरेको छ।
महानगरले प्लास्टिकजन्य सामग्री बिक्री गरेको पाइएमा तत्काल जफत गरिने चेतावनी दिएको छ। यसैगरी, स्वदेशी किसानले उत्पादन गरेका प्राकृतिक फूल तथा मालाको प्रवर्द्धन र सहज बिक्रीवितरणका लागि महानगरपालिकाले सहरका विभिन्न २६ वटा स्थानहरू तोकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)