मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखराका तालहरूमा जलपर्यटन गतिविधि व्यवस्थित गर्न १५ बुँदे निर्देशन: १६ वर्ष मुनिकालाई एक्लै निषेध

hamrakura.com · Wed Nov 04 00:00:00 UTC 2026

काठमाडौँ । फेवातालसहित पोखराका विभिन्न तालहरूमा सञ्चालन हुने जलपर्यटन सम्बन्धी गतिविधिलाई कानुनअनुसार व्यवस्थित र सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालय, कास्कीले १५ बुँदे निर्देशन जारी गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी रमेश घर्तीद्वारा जारी विज्ञप्तिमा डुङ्गा, कायाकिङ र सर्फिङ बोटहरू सम्बन्धित निकायमा अनिवार्य दर्ता गरेर मात्र सञ्चालन गर्न भनिएको छ। लाइफ ज्याकेटविना जलपर्यटन गतिविधिमा सहभागी हुन पूर्ण रूपमा रोक लगाइएको छ भने १६ वर्षमुनिका बालबालिकालाई अभिभावकविना एक्लै कायाकिङ तथा सर्फिङ बोट सञ्चालन गर्न नदिन निर्देश गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)