मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालगञ्जमा कृषि पढेका तीन विद्यार्थीको लोभलाग्दो पुष्पखेती

hamrakura.com · Wed Nov 04 00:00:00 UTC 2026

काठमाडौँ। कृषि विषयमा स्नातक तह पूरा गर्न लागेका तीन जना युवा विद्यार्थीले बाँकेको नेपालगञ्जमा व्यावसायिक रूपमा पुष्पखेती गरी आर्थिक उपार्जन गर्न सफल भएका छन्।

नेपालगञ्ज उपमहानगरपालिका–१९ स्थित फुटाहामा स्थानीय वेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले 'फिट फार्म'मार्फत १० कट्ठा जग्गामा प्रयोगात्मक रूपमा सयपत्री फूलको खेती सुरु गरेका हुन्। चितवनबाट बीउ ल्याएर गत साउनमा खेती सुरु गरेका उनीहरूले तिहार नजिकिँदै गर्दा ५० हजार रुपैयाँभन्दा बढीको फूल बिक्री गरिसकेका छन् भने बाँकी फूलका लागि अग्रिम 'बुकिङ' भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)