मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दलहरूविरुद्धका भ्रम र अफवाह तथ्यका आधारमा खण्डन गर्नुपर्छ : विद्यादेवी भण्डारी

hamrakura.com · Wed Nov 04 00:00:00 UTC 2026

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूबारे फैलाइएका भ्रम र अफवाहहरूलाई तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्ने बताएकी छन्।

काठमाडौँमा बुधबार आयोजित ‘प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी’को दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले विदेशमा रहेका नेपालीहरूलाई देशको राजनीतिक घटनाक्रमबारे सही सूचना र सन्देश प्रवाह गर्न आग्रह गरेकी हुन्। कुनै पनि दलले देश र जनताको हितमा गरेका सकारात्मक कार्यहरू र हासिल गरेका उपलब्धिहरूको वस्तुनिष्ठ मूल्याङ्कन हुनुपर्नेमा उनले जोड दिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)