भोटेकोशी बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा सहयोग गर्न भारत तयार: विदेश सचिव मिस्री
hamrakura.com · Wed Nov 04 00:00:00 UTC 2026

काठमाडौँ। भारतीय विदेश सचिव विक्रम मिस्रीले भोटेकोशी बाढीबाट क्षतिग्रस्त नेपालका पूर्वाधारहरूको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सहयोग गर्न भारत पूर्ण रूपमा तयार रहेको बताएका छन्।
बुधबार नेपाल भ्रमणका क्रममा परराष्ट्र सचिव अमृतबहादुर राई नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँगको द्विपक्षीय छलफलमा विदेश सचिव मिस्रीले बाढीका कारण पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणको चरणमा नेपाललाई आवश्यक सहयोग पुर्याउन भारत इच्छुक रहेको स्पष्ट पारेका हुन्। नेपाल र भारतबीचको सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै उनले दुवै देश सुख र दुःख दुवै परिस्थितिमा एकअर्काको असल साझेदार रहँदै आएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)