मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

१५ बिघा जग्गामा व्यावसायिक खेती

gorkhapatraonline.com · Thu Nov 05 01:46:43 UTC 2026

इनरुवा नगरपालिका–८ का बुद्धसागर मेहता पछिल्लो तीन दशकदेखि आधुनिक र व्यावसायिक कृषि कर्ममा सक्रिय हुनुहुन्छ । पुर्ख्यौली खेतीपातीलाई नै आफ्नो पेसा बनाउँदै आउनुभएका उहाँले परम्परागत खेती प्रणालीलाई छाडेर आधुनिक कृषि प्रविधि अपनाउँदै सफल व्यावसायिक किसानका रूपमा परिचय स्थापित गर्नुभएको छ ।

उहाँले आफ्नै तीन बिघा र १० बिघा जग्गा भाडामा लिएर तरकारी तथा खाद्यान्नको खेती गर्दै आउनुभएको छ । उहाँको खेतमा टमाटर, बोडी, काउली, बन्दाकोबी, लौका, सागलगायत विभिन्न मौसमी तरकारीका साथै धान, मकै र गहुँ उत्पादन हुँदै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)