पश्चिमी वायुको प्रभाव: केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
canadanepal.com · Thu Nov 05 01:27:33 UTC 2026

काठमाडौं- नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। दिउँसो यी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)