मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक सहित ६ जना घाइते

ratopati.com · Thu Nov 05 01:56:04 UTC 2026

बैतडी । मेलौली नगरपालिका १ जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

गए राति करिब ८ :०० बजे डडेल्धुराबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०/३५ मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा चालकसहित ७ जना सवार रहेकोमा घाइतेहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौली पठाइएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)