मोदीको सन्देश लिएर आए मिस्री
annapurnapost.com · Thu Nov 05 01:48:56 UTC 2026

काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिस्री बुधबार काठमाडौं ओर्लिँदा उनको आगमनले औपचारिक कूटनीतिक वृत्तमा मात्रै होइन, राजनीतिक वृत्तमा पनि एउटा रोचक चर्चा चलेको छ। परम्परागत कूटनीतिक पहिरन र सामान्य चस्मामा देखिने मिस्री यसपटक कालो चस्मा लगाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिए।
कालो चस्मा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को सार्वजनिक पहिचान बनिसकेको छ। काठमाडौं महानगरपालिकाको प्रमुख हुँदादेखि नै कालो चस्मामा देखिँदै आएका बालेन प्रधानमन्त्री बनेपछि पनि सार्वजनिक कार्यक्रमदेखि संसद् र अन्र्तराष्ट्रिय मञ्चसम्म यही शैलीमा प्रस्तुत भइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)