मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्ने

kendrabindu.com · Thu Nov 05 02:07:29 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लाइन्स र जनकपुर बोल्ट्स भिड्ने छन् ।

लुम्बिनी लिग तालिकाको शीर्ष स्थानमा छ । उसले ३ खेल मध्ये २ मा जित र एक खेल वर्षाका कारण रद्द हुँदा बराबरी अंक बाँडेको छ । जनकपुर बोल्ट्स भने लिग तालिकाको चौथो स्थानमा छ । उसले ४ खेल खेलेकोमा २ मा जित र २ मा हार बेहोरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)