एनपीएलमा आज जनकपुर–लुम्बिनी र विराटनगर–काठमाडौं भिड्दै, अपराजित लुम्बिनीलाई शीर्ष स्थान जोगाउने चुनौती
aarthiknews.com
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। दिउँसो १ बजे सुरु हुने खेलमा अपराजित लुम्बिनी आफ्नो विजयी यात्रा कायम राख्ने लक्ष्यसहित मैदान उत्रिँदा जनकपुर भने तेस्रो जित निकाल्ने प्रयासमा हुनेछ।
जारी प्रतियोगितामा लुम्बिनी लायन्सले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। तीन खेल खेलेको लुम्बिनीले दुई खेलमा जित हात पारेको छ भने वर्षाका कारण एक खेल रद्द भएको छ। पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै प्रतियोगिताको सुखद सुरुवात गरेको लुम्बिनीले दोस्रो खेलमा वर्षा बाधक बनेपछि चितवन राइनोजसँग अंक बाँडेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)