मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लाइपजिगमाथि म्यानचेस्टर सिटीको रोमाञ्चक जित, हलान्डको निर्णायक गोल

ukeraa.com

काठमाडौं : स्ट्राइकर अर्लिङ हलान्डले उत्कृष्ट लयलाई निरन्तरता दिँदै निर्णायक गोल गरेपछि म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको पाँच गोलको ‘थ्रिलर’ खेलमा जर्मन क्लब आरबी लाइपजिगलाई ३–२ ले पराजित गरेको छ।

लाइपजिगको घरेलु मैदान ‘रेड बुल एरिना’मा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले आक्रामक फुटबल खेलेका थिए। खेलमा दुई पटकसम्म अग्रता लिएर पनि बराबरीमा रोकिएको सिटीलाई अन्ततः हलान्डले नै पूर्ण तीन अंक दिलाए।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)