मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

करोड जरिवाना र एक वर्ष कैद सजाय सुनाइएका व्यक्ति पक्राउ

kendrabindu.com · Thu Nov 05 03:00:44 UTC 2026

काठमाडौं । बैंकिङ कसुर मुद्दामा एक करोड ५१ लाख जरिवाना र एक वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काभ्रेको बनेपा नगरपालिका निवासी ४० वर्षीय सुविन बैदारलाई पक्राउ गरेको हो।

ब्यूरोका सहप्रवक्ता योगेन्द्रकुमार खड्काका अनुसार काठमाडौं जिल्ला अदालतले गत असार ३२ गते बैदारलाई बैङ्किङ कसुर मुद्दामा सजाय सुनाएको थियो। अदालतको फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)