मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपिएल : आज दुई खेल हुँदै

gorkhapatraonline.com · Thu Nov 05 03:15:43 UTC 2026

काठमाडौं, कात्तिक १९ गते । एनपिएलमा बिहीबार दुई खेल हुँदैछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने पहिलो खेलमा शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्सले चौथो स्थानमा रहेको जनकपुर बोल्ट्सको सामना गर्ने छ ।

उपाधि रक्षा अभियानमा रहेको लुम्बिनी लायन्स पछिल्लो खेलमा पोखरा एभेजन्र्सलाई एकपक्षीय खेलमा आठ विकेटले हराएर शीर्ष स्थानमा उक्लन सफल भएको छ । यस प्रतियोगितामा अपराजित एक मात्र टिम लुम्बिनी लायन्सको यो तीन खेलमा दोस्रो जित हो । चितवन राइनोजविरुद्धको खेल वर्षाले रद्द भएप्छि लुम्बिनीले अङ्क बाँडेको थियो । लुम्बिनी तीन खेलमा पाँच अङ्कसहित शीर्ष स्थानमा रहेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)