एक साताभित्र अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय वार्ता हुने
nepalviews.com · Thu Nov 05 03:21:56 UTC 2026

काठमाडौँ । अमेरिका, युक्रेन र रुसबीच आगामी एक साताभित्र कार्यदलस्तरमा त्रिपक्षीय कूटनीतिक वार्ता हुने भएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नरसँगको करिब डेढ घण्टा लामो विस्तृत छलफलपछि सामाजिक सञ्जाल एक्समार्फत यस वार्ताको तयारी भइरहेको पुष्टि गरेका हुन्। यसैबीच, अमेरिकी विशेष दूत विटकफले नोभेम्बर १० र ११ मा अबुधाबीमा दुवै देशबीच युद्धपछिको सुरक्षा व्यवस्था, तनाव न्यूनीकरण, मानवीय सहायता तथा शान्ति सम्झौताका विषयमा कार्यदलस्तरको छलफल गराउने तयारी भइरहेको जानकारी दिएका छन्।
राष्ट्रपति जेलेन्स्कीका अनुसार युद्ध अन्त्यका लागि वार्ता तीव्र गतिमा अघि बढाउन युक्रेन आवश्यक कदम चाल्न तयार रहेको र आफ्ना प्रस्तावहरू अमेरिकी पक्षलाई बुझाइसकिएको छ। युक्रेनको युद्धपछिको पुनर्निर्माण तथा सुरक्षा प्रत्याभूतिबारे छलफल गर्न ब्रसेल्समा विभिन्न अन्तर्राष्ट्रिय साझेदारहरूसँग छलफल भइसकेको र शुक्रबार अर्को बैठक तय भएको उनले जनाएका छन्। छलफलका क्रममा सर्वसाधारणको सुरक्षाका लागि प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका इन्टरसेप्टर उपलब्ध गराउनका साथै ड्रोन सम्झौताको ढाँचामा द्विपक्षीय सहकार्य निरन्तर राख्न अमेरिकासँग आग्रह गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)