नयाँ अध्यादेशमा प्रस्ताव : सामाजिक सञ्जालका पेज र च्यानल पनि प्रेस काउन्सिलको कार्यक्षेत्रमा
corporatenepal.com · Thu Nov 05 03:21:24 UTC 2026

काठमाडौं । प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा सञ्चालित समाचारमूलक पेज तथा च्यानललाई समेत आफ्नो नियमनको दायरामा ल्याउने भएको छ। काउन्सिलको अधिकारक्षेत्र विस्तार गर्ने उद्देश्यले सरकारले प्रचलित ऐन संशोधनका लागि अध्यादेश सिफारिस गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। राष्ट्रपतिबाट जारी भएपछि नयाँ व्यवस्थाअनुसार काउन्सिलले आचारसंहिता अनुगमन, कार्यान्वयन तथा नियमनसम्बन्धी थप अधिकार प्रयोग गर्न पाउनेछ ।
प्रेस काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले समयअनुसार कानुन परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएकाले अध्यादेश अघि बढाइएको बताएका छन् । पुरानो ऐनमा काउन्सिलको अधिकारक्षेत्र सीमित रहेकाले वर्तमान आवश्यकताअनुसार त्यसलाई विस्तार गर्नुपर्ने माग काउन्सिलले गर्दै आएको उनको भनाइ छ । प्रस्तावित अध्यादेशले सञ्चारमाध्यम, पत्रकारिता र पत्रकारको परिभाषालाई फराकिलो बनाएको छ। अब छापा, रेडियो, टेलिभिजन, अनलाइन तथा डिजिटल माध्यमसँगै समाचारमूलक सामग्री सार्वजनिक गर्ने सामाजिक सञ्जालका पेज र च्यानल पनि सञ्चारमाध्यमको परिभाषाभित्र समेटिनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)