एनपीएल दोस्रो राउन्ड आज देखि, पहिलो राउन्डमा लुम्बिनी शीर्षस्थानमा
kendrabindu.com · Thu Nov 05 03:52:13 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले दोस्रो विश्राम लिएयता बिहीबारदेखि फेरि खेल सुरु हुनेछ । प्लेअफ समीकरणका लागि आधार तयार हुने हुनाले अबका खेलहरू अझ बढी रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछन् । अबका चार खेलले ठ्याक्कै प्लेअफ पुग्ने कुनै टिमको स्पष्ट निर्णय नगरे पनि एउटा सम्भावना भने छ, प्लेअफ नपुग्ने एउटा टिमको किटान हुन सक्नेछ ।
यस्तोमा तेस्रो सिजनको एनपीएल सनसनीको उत्कर्षतर्फ अग्रसर छ । बिहीबार डबल हेडरमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजले विराटनगर किंग्सको सामना गर्नेछन् । शुक्रबारका दुई खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्ने छन् । तेस्रो विश्राममा जानु अगाडि शनिबार काठमान्डु र लुम्बिनीले एकअर्काविरुद्ध खेल्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)