मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोरखाको आरूघाटमा बाढीले सोती–मान्बु जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध

hamrakura.com · Thu Nov 05 00:00:00 UTC 2026

काठमाडौँ। मुलुकका विभिन्न भागमा परेको अविरल वर्षा र विपद्का कारण सडक तथा राजमार्गहरू प्रभावित हुने क्रममा गोरखा जिल्लामा पनि यातायात सेवा ठप्प भएको छ।

नेपाल प्रहरीको अध्यावधिक तथ्यांकअनुसार गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको आरूघाट गाउँपालिका वडा नं. २, ३ तथा सोही गाउँपालिकाको वडा नं. ९ नयाँपुलस्थित क्षेत्रमा रहेको सोतीदेखि मान्बु जाने पुल बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। बूढीगण्डकी नदीमा आएको भिषण बाढीका कारण उक्त पुल संरचनामा क्षति पुग्दा स्थानीय यातायात तथा आवतजावत पूर्ण रूपमा प्रभावित बनेको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)