वायु प्रदूषणको जोखिम बढेसँगै प्लास्टिक नबाल्न काठमाडौँ महानगरको आग्रह
hamrakura.com · Thu Nov 05 00:00:00 UTC 2026

काठमाडौँ। जाडो मौसम सुरु भएसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषणको जोखिम बढ्न सक्ने भन्दै काठमाडौँ महानगरपालिकाले खुला रूपमा प्लास्टिकजन्य फोहरमैला नबाल्न सर्वसाधारण तथा सम्बद्ध पक्षसँग आग्रह गरेको छ।
महानगरपालिकाको वातावरण विभाग प्रमुख सरिता राईका अनुसार सवारीसाधनबाट निस्कने धुवाँ, निर्माणकार्यबाट उत्पन्न धुवाँधुलो, उद्योग-कलकारखाना र खुला रूपमा जलाइने प्लास्टिकजन्य फोहर वायु प्रदूषणका मुख्य कारण हुन्। खराब वायुका कारण बालबालिका, ज्येष्ठ नागरिक तथा दम र अन्य दीर्घरोगीहरू बढी जोखिममा पर्ने भएकाले महानगरले प्रदूषण नियन्त्रणका मापदण्डहरू कडाइका साथ पालना गर्न सचेत गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)