अमेरिकाको निर्वाचनमा चिकित्सा क्षेत्रबाट जित्नेको संख्या पनि उल्लेख्य
swasthyakhabar.com · Thu Nov 05 04:01:00 UTC 2026

अमेरिकाको मध्यावधि निर्वाचनमा स्वास्थ्य तथा विज्ञान क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यक्तिहरू उल्लेख्य संख्यामा निर्वाचित भएका छन्। चिकित्सक, नर्स, जनस्वास्थ्यविद्, सूक्ष्मजीव वैज्ञानिकदेखि इन्जिनियर र गणितज्ञसम्मले विभिन्न राज्यबाट निर्वाचन जितेको सूची टाइम ले बनाएको छ। उनीहरूमध्ये केही अमेरिकी संसद् (कंग्रेस) प्रवेश गर्दैछन् भने एक जना ओहायो राज्यको गभर्नर बन्दैछिन्।
निर्वाचनबाट विजयी भएका यी व्यक्तिहरूले स्वास्थ्य सेवा, औषधिको मूल्य, स्वास्थ्य बिमा, खोप, वैज्ञानिक अनुसन्धान र जनस्वास्थ्यका विषयलाई आफ्नो राजनीतिक एजेन्डामा समेटेका छन्। उनीहरूको व्यावसायिक अनुभवले स्वास्थ्य नीतिनिर्माणमा बिरामी र स्वास्थ्यकर्मीका वास्तविक समस्या उठाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)