ट्रेण्डिङमा ‘बाटुलो जून’ को ट्रेलर, प्रभावकारी देखियो अनमोल चरित्र
kalakarmi.com · Thu Nov 05 04:08:25 UTC 2026

काठमाडौं– अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘बाटुलो जून’ को ट्रेलर सार्वजनिक भएको १२ घण्टा नबित्दै यूट्युबको फिल्म सेक्सन अन्तर्गत ट्रेण्डिङमा परेको छ । बुधवार साँझ सार्वजनिक भएको ट्रेलरले यो अवधिमा तीन लाख बढी भ्युज पाइसकेको छ भने भिडियो ट्रेन्डिङको दोस्रो स्थानमा रहेको छ ।
ट्रेलरले अभिनेता अनमोल केसीद्वारा निर्वाह गरिएको चरित्रसँगै कथावस्तुको केही महत्वपूर्ण पक्ष उजागर गरेको छ । ट्रेलरमा अनमोल गाउँमा पढाउन पुगेका एक शिक्षकको भूमिकामा देखिएका छन् । गाउँमा रहँदा उनको भेट युवती ९प्रिन्सी खतिवडा० सँग हुन्छ । उनीहरूबीच बढ्दै गएको सामीप्यता र युवतीसँग विवाह गर्ने अनमोलको प्रस्तावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)