म्याक्सवेलले बिसाए ब्याट
annapurnapost.com · Thu Nov 05 04:12:01 UTC 2026
मेलबर्न : अस्ट्रेलियाका विस्फोटक अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। ३८ वर्षीय म्याक्सवेलले सोमबार राति अन्तर्राष्ट्रिय क्रिकेट करियरलाई पूर्णविराम लगाउने निर्णय गरेका हुन्। यससँगै अस्ट्रेलियाली क्रिकेटमा ‘द बिग शो’का नामले परिचित म्याक्सवेलको १४ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रामा पूर्णविराम लागेको छ।
म्याक्सवेलले सन् २०२५ मै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए। उनले सन् २०२६ को टीट्वेन्टी विश्वकपपछि टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि बिदा लिने निर्णय गरेका हुन्। उनको अन्तिम अन्तर्राष्ट्रिय खेल यसै वर्षको फेब्रुअरीमा भएको टीट्वेन्टी विश्वकपमा ओमानविरुद्ध हो। म्याक्सवेलले क्रिकेटसम्बन्धी पोडकास्ट ‘द फाइनल वर्ड’सँगको कुराकानीमा आफ्नो सन्न्यासबारे जानकारी दिएका हुन्। उनले अस्ट्रेलियाली टोली व्यवस्थापन र छनोटकर्ताहरूसँग आफ्नो भविष्यबारे पटक–पटक छलफल भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)