मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालले विद्यार्थी होइन, भविष्य गुमाउँदै छ

nepalpress.com · Thu Nov 05 04:22:04 UTC 2026

नेपालबाट वर्षेनी १ लाखभन्दा बढी विद्यार्थी उच्च शिक्षाका लागि विदेश गइरहेका छन् । धेरै युवाको पहिलो लक्ष्य देशभित्रको विश्वविद्यालयभन्दा पनि विदेशको विश्वविद्यालय बन्न थालेको छ ।

ज्ञानको कुनै सीमा हुँदैन । विदेशको शिक्षा, नयाँ सीप, अनुसन्धान र अन्तर्राष्ट्रिय अनुभवले व्यक्तिलाई मात्र होइन, देशलाई पनि लाभ पुर्‍याउन सक्छ । ग्लोबलाइजेसनको युगमा जुनसुकै मुलुकबाट पनि विद्यार्थीहरू पढ्न जाने आउने गर्दछन् । नेपालमा भने अवस्था फरक छ । अन्तर्राष्ट्रिय तथ्याङ्कले पनि नेपालको अवस्था नै असामान्य देखाउँछन् । नेपालका करिब १९ प्रतिशत उच्च शिक्षाका विद्यार्थी विदेशमा अध्ययन गरिरहेका छन् । भारत र चीनको यो अनुपात १ देखि २ प्रतिशतसम्म मात्रै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)