पहिलो त्रैमासिकमा सिँचाइ विभागको २ अर्ब ३९ करोड खर्च, महाकालीको प्रगति ९७ प्रतिशत
ratopati.com · Thu Nov 05 04:31:37 UTC 2026

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा जलस्रोत तथा सिँचाइ विभागले २ अर्ब ३९ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ। विभागको कुल खर्चमध्ये ८८ प्रतिशत पुँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको छ।
विभागका महानिर्देशक दिनेश रजौरियाले पहिलो त्रैमासिकमा सिँचाइ आयोजनाहरूको प्रगति राम्रो देखिएको बताए । महाकाली सिँचाइ आयोजना (कञ्चनपुर) ले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत प्रगति गरेको छ। उक्त आयोजनामा ४३ करोड ७० लाख रुपैयाँ खर्च भएको छ, जुन त्रैमासिक बजेटको अढाई गुणाभन्दा बढी हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)