मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मझगाउँ विमानस्थल निर्माण तीव्र

gorkhapatraonline.com · Thu Nov 05 04:35:00 UTC 2026

कञ्चनपुर, कात्तिक १९ गते । कञ्चनपुरको मझगाउँ विमानस्थल पुनर्निर्माणको काम पछिल्लो समय तीव्र गतिमा अघि बढेको छ । विमानस्थल निर्माणमा देखिएका प्रमुख अवरोध हटेपछि निर्माण कम्पनीले कामलाई तीव्रता दिएको हो ।

विमानस्थलको धावनमार्ग (रनवे) निर्माणका लागि कान्छारामकुमार उमा एन्ड जेभीसँग २०७८ पुस २५ गते तीन वर्षमा एक हजार ५२५ मिटर धावनमार्ग निर्माण गर्ने गरी ४५ करोड ६६ लाखमा ठेक्का सझौता भएको थियो । निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेपछि दुई पटक म्याद थप गरी काम अगाडि बढाइएको हो । थपिएको म्याद अवधि आगामी पुस २४ गतेसम्म रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)