लुम्बिनी-जनकपुर र काठमाडौँ-विराटनगर भिड्दै
saralpatrika.com · Thu Nov 05 04:20:51 UTC 2026
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत बिहीबार दुई खेल हुँदै छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो साढे १२ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।
लुम्बिनी लायन्स अहिलेसम्म अपराजित छ। लुम्बिनीले ३ खेलमा २ जित हात परेको छ। एक खेलमा अङ्क बाँडेको छ। पाँच अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी आफ्नो लय यथावत् राख्न चाहन्छ। रुबेल ट्रिम्पलम्यान र किशोर महतोले यस सिजनमा लुम्बिनीको यात्रामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)