बजेट कार्यान्वयनपछि सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात
nagariknews.nagariknetwork.com · Thu Nov 05 04:39:11 UTC 2026

आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो त्रैमासिकमा २३९.३ करोड खर्च भएको छ। त्यसमध्ये ८८ प्रतिशत पुँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको विभागका महानिर्देशक दिनेश रजौरियाले बताए।
उनका अनुसार महाकाली सिंचाइ आयोजना (कञ्चनपुर) ले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत हासिल गरेको छ। आयोजनाले ४३.७ करोड खर्च गरेको छ, जुन त्रैमासिक बजेटको अढाई गुणाभन्दा बढी हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)