लमजुङमा प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक
gorkhapatraonline.com · Thu Nov 05 04:55:02 UTC 2026

जिल्ला प्रशासन कार्यालय लमजुङले तिहारलगायत चाडपर्वलाई लक्षित गरी प्लास्टिकजन्य कृत्रिम फूलमाला तथा फूलगुच्छाको उत्पादन, बिक्री वितरण, भण्डारण, ओसारपसार र प्रयोग नगर्न आग्रह गरेको छ ।
प्रशासनले सूचना जारी गर्दै प्लास्टिकजन्य फूलमालाको सट्टा स्थानीयस्तरमा उत्पादित प्राकृतिक फूलमाला प्रयोग गर्न व्यवसायी तथा सर्वसाधारणलाई अनुरोध गरेको हो । सरकारले विगतका वर्षदेखि नै प्लास्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरण तथा भण्डारणमा प्रतिबन्ध लगाउँदै आएको प्रशासनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)