मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अपि हिमाल आधार शिविरमा पर्यटन उत्सव

gorkhapatraonline.com · Thu Nov 05 05:04:35 UTC 2026

दार्चुला, कात्तिक १९ गते । दार्चुलाको अपिहिमालस्थित आधार शिविरमा पर्यटन उत्सवको आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेशको सर्वाधिक उचाइमा रहेको अपि हिमालको आधार शिविरमा आयोजना गरिएको पर्यटन उत्सवको मङ्गलबार प्रदेशका मुख्यमन्त्री खगराज भट्टले उद्घाटन गर्नुभएको हो ।

अपिहिमाल गाउँपालिकाको आयोजनामा आयोजित पर्यटन उत्सव तीन दिनसम्म सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहोराले जानकारी दिनुभयो । अपिहिमाल क्षेत्रलाई सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित पर्यटन उत्सवको आयोजना गरिएको उहाँले बताउनुभयो । उत्सवमा स्थानीय सांस्कृतिक झाँकी, साहित्यिक कार्यक्रम तथा राष्ट्रिय र स्थानीय कलाकारले सांस्कृतिक प्रस्तुति गरेको उहाँले बताउनुभयो । उत्सवका अवसरमा मैत्रीपूर्ण क्रिकेट तथा भलिबल प्रतियोगितासमेत सञ्चालन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)