मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिँचाइ आयोजनाहरूको निर्माण कार्यमा ८८ प्रतिशत खर्च

nepalpress.com · Thu Nov 05 05:09:45 UTC 2026

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिँचाइ आयोजनाहरूले गरेको खर्च विवरण सार्वजनिक गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत पहिलो त्रैमासिकमा रु. २३९.३ करोड खर्च भएको छ । त्यसमध्ये ८८ प्रतिशत पुँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको विभागका महानिर्देशक दिनेश रजौरियाले जानकारी दिए ।

उनका अनुसार महाकाली सिँचाइ आयोजना (कञ्चनपुर) ले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत हासिल गरेको छ । आयोजनाले रु. ४३.७ करोड खर्च गरेको छ, जुन त्रैमासिक बजेटको अढाई गुणाभन्दा बढी हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)