शीतभण्डारमा लुकाएर राखिएका सयपत्री फूलका माला बरामद
gorkhapatraonline.com · Thu Nov 05 05:20:59 UTC 2026

सशस्त्र प्रहरीले मोरङको कानेपोखरी–४ स्थित बयरवन साना किसान कृषि सहकारी संस्थाले सञ्चालन गरेको शीतभण्डारमा लुकाएर राखिएका सयपत्री फूलका माला बरामद गरी नष्ट गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प लक्ष्मीमार्गका सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोषवीर सिंहका अनुसार अवैध रूपमा भित्र्याएर शीतभण्डारमा राखिएको सूचना पाएपछि १०४ पोका माला बरामद गरिएको हो । प्रत्येक पोकामा एक सय वटाका दरले कुल १० हजार ४०० वटा माला रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)