मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैतडी जिप दुर्घटना : एक जनाको मृत्यु, चालक सहित ६ जना घाइते

gorkhapatraonline.com · Thu Nov 05 05:29:51 UTC 2026

काठमाडौँ, कात्तिक १९ गते । बैतडी जिल्लाको मेलौली नगरपालिका १ जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते हुनुभएको छ ।

गए राति करिब बजे डडेल्धुराबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सुपप्र ०१-००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०,३५ मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा चालकसहित ७ जना सवार रहेकोमा घाइतेहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौली पठाइएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)