खुलेर गगनको प्रतिरक्षा र प्रम बालेनको आलोचना गरिरहका अजय शिवाकोटी साइबर ब्यूरोमा
corporatenepal.com · Thu Nov 05 05:55:07 UTC 2026

काठमाडौँ । खुलेर आफ्ना नेता गगन थापाको प्रतिरक्षा र प्रधानमन्त्री बालेन शाह एवं उनको प्रमुख सल्लाहकार कुमार बेनको आलोचना गरिरहका नेपाली काँग्रेस (गगन समूह)का सहमहामन्त्री अजय शिवाकोटीलाई साइबर ब्यूरोले बोलाएको छ ।
केही दिनदेखि शिवाकोटीले सामाजिक सञ्जालमा आक्रामकरुपमा गगनको समर्थनमा सत्तापक्षको आलोचना गरिरहेका थिए । राजधानी बाहिर धार्मिक यात्रामा रहेको बेला आफूलाई फोन सम्पर्क गरी ब्युरोमा बोलाइएको उनले बताएका छन् । शिवाकोटीले आफू साइबर ब्युरोमा जाने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)