मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालले गुमायो साफ च्याम्पियनसिप खेल्ने अवसर

ratopati.com · Thu Nov 05 06:04:28 UTC 2026

काठमाडौँ । बङ्गलादेशको राजधानी ढाकामा बिहीबारदेखि सुरु हुने साफ च्याम्पियनसिप २०२६ मा नेपाल सहभागी नहुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) माथि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले लगाएको प्रतिबन्ध नहटेका कारण नेपाली राष्ट्रिय फुटबल टोलीले प्रतियोगिता गुमाएको हो ।

गत जुन २४ मा फिफाले सरकारी तथा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै एन्फालाई निलम्बन गरेको थियो । एन्फाको आर्थिक कारोबार र प्रशासनिक गतिविधिमा सरकारी निकायले गरेको अनुसन्धानलाई फिफाले आफ्नो सदस्य संस्थाको स्वतन्त्रतासम्बन्धी नियम विपरीत मानेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)