मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री बालेनसँग भारतका विदेश सचिव मिस्रीको भेटवार्ता

ratopati.com · Thu Nov 05 06:03:51 UTC 2026

काठमाडौँ । नेपाल भ्रमणमा आएका भारतका विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेका छन् । उनी बालेनसँग भेटवार्ताका लागि बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय पुगेका थिए । यो समाचार तयार पर्दासम्म भेटवार्ता जारी छ ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी बुधबार नेपाल आएका थिए । नेपाल आएसँगै उनले प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीका लागि विभिन्न पक्षसँग विचारविमर्श गरेका थिए । सोही क्रममा आज बालेनसँगको भेटमा पनि भारत भ्रमणको एजेण्डा तथा त्यसको तयारीबारे केन्द्रीय रहेर कुराकानी भएको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)