यू–१९ महिला क्रिकेट : हङकङमाथि नेपालको शानदार जित
ratopati.com · Thu Nov 05 06:08:50 UTC 2026
काठमाडौँ । नेपाली यू–१९ महिला क्रिकेट टोलीले यू–१९ महिला विश्वकपको तयारीस्वरूप भइरहेको बेल्ट एन्ड रोड शृङ्खलामा हङकङमाथि शानदार जित हात पारेको छ । नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हङकङ १८ ओभरमा ५४ रनमा अलआउट भयो । नेपालले ९२ रनको फराकिलो जित दर्ता गरेको हो ।
पहिले ब्याटिङ गरेको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाएर १४६ रन बनाएको थियो । नेपालको इनिङ्समा सोनी पाख्रिनले सर्वाधिक ४४ रन बनाइन् । उनले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरिन् । त्यस्तै सबित्री धामीले २६ बलमा ३६ रन जोडिन् । उनले पनि आक्रामक ब्याटिङ गर्दै टोलीलाई राम्रो सुरुवात दिलाइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)