बढ्यो गहुँको मूल्य, कति पुग्याे प्रतिकिलो ?
ratopati.com · Thu Nov 05 06:14:45 UTC 2026

काठमाडौँ । बैशाखमा प्रतिकिलो ४२ रुपैयाँ रहेको गहुँको मूल्य बढेर ५० रुपैयाँ पुगेको छ । भारतमा मूल्यवृद्धि भएपछि नेपालमा पनि गहुँको मूल्य प्रतिकिलो ८ रुपैयाँले बढेको मैदा मिल सञ्चालकहरूले बताएका छन् ।
गहुँको मूल्य बढेसँगै गहुँलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्ने उद्योग सञ्चालनमा कठिनाइ भइरहेको नेपाल फ्लोर मिल एसोसिएसनले जनाएको छ । एसोसिएसनका उपाध्यक्ष विकास बेगवानीका अनुसार उद्योगहरूसँग अहिले करिब एक महिनाका लागि पुग्ने गहुँ मौज्दात रहेकाले तत्काल समस्या भने छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)