मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वमुख्यमन्त्रीका छोरा दिक्षान्त जोडिएको मुद्दा के हो ?

ratopati.com · Thu Nov 05 06:14:38 UTC 2026

काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा दीक्षान्त बानियाँ कात्तिक १६ मा पक्राउ परे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर–४ स्थित भैरहवाबाट पक्राउ गरेर काठमाडौं ल्याई अनुसन्धान गरिरहेको छ । उनीमाथि अनुसन्धान गर्न अदालतबाट प्रहरीले चार दिनको म्याद लिएको छ ।

दीक्षान्तमाथि बैंकिङ कसुर मुद्दामा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी योगेन्द्रकुमार खड्काले रातोपाटीलाई बताए । प्रभु बैंकबाट लिएको ३४ करोड ऋण दीक्षान्तले दुरुपयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । सीआईबीका सहप्रवक्ता (एसपी) खड्का भन्छन्, ‘जुन प्रयोजनका लागि ऋण लिइएको थियो, त्यसअनुसार नभएर अन्यत्र लगानी गरेर अपचलन गरेको देखिन्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)