मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

clickmandu.com · Thu Nov 05 06:11:55 UTC 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ । भेटवार्ताका लागि विदेश सचिव मिस्री आज बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय पुगेका थिए ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा बुधबार नेपाल आइपुगेका मिस्रीले प्रधानमन्त्री बालेनको आसन्न भारत भ्रमणलाई मुख्य विषय बनाएर विभिन्न पक्षहरूसँग परामर्श गरिरहेका छन् । आज प्रधानमन्त्री बालेनसँग भएको भेटमा पनि भ्रमणको तयारी र त्यसका प्रमुख एजेन्डाहरूमाथि नै केन्द्रित रहेर कुराकानी भएको बुझिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)