मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

घरायसी र व्यावसायिक ग्यास छुट्याउन उद्योगीको माग, १० प्रतिशत व्यावसायिक प्रयोजनमा छुट्याउन प्रस्ताव

ratopati.com · Thu Nov 05 06:16:20 UTC 2026

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै रङका ग्यास सिलिन्डर प्रयोग गर्न प्रस्ताव गरेको छ । संघले हाल कायम १४।२ केजीकै सिलिन्डरलाई घरायसी प्रयोजनका लागि रातो र व्यावसायिक प्रयोजनका लागि नीलो रङको बनाउन माग गरेको हो ।

संघले नेपाल आयल निगमलाई बुझाएको धारणामा हाल ग्यासको कोटामा रहेको १० प्रतिशत व्यावसायिक प्रयोजन र बाँकी ९० प्रतिशत घरायसी प्रयोजनका लागि छुट्याउन प्रस्ताव गरेको छ । बजारको अवस्था हेरेर भविष्यमा व्यावसायिक प्रयोजनका लागि छुट्याइने ग्यासको प्रतिशत थपघट गर्न सकिने संघको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)