मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भोटेकोशी बाढीको उदाहरण दिँदै पर्यटनमन्त्री पौडेलले गराए जलवायुको असरबारे विश्वको ध्यानाकर्षण

ratopati.com · Thu Nov 05 06:21:20 UTC 2026

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्दै दिगो र उत्थानशील पर्यटन विकासका लागि समुदायको सशक्तीकरण, प्रभावकारी सरकारी सहयोग र संस्थागत सहकार्य आवश्यक रहेको बताएका छन् ।

बेलायतको लन्डनमा नोभेम्बर ४, २०२६ मा विश्व यात्रा बजार (डब्ल्यूटीएम) को अवसरमा विश्व यात्रा तथा पर्यटन परिषद् (डब्ल्यूटीटीसी) र संयुक्त राष्ट्रसंघीय पर्यटन (यूएन टुरिजम) को संयुक्त आयोजनामा सम्पन्न २०औँ डब्ल्यूटीएम मन्त्रीस्तरीय शिखर सम्मेलनमा सहभागी हुँदै पर्यटनमन्त्री पौडेलले जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पारेको गम्भीर प्रभावबारे नेपालको अनुभव प्रस्तुत गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)