काठमाडौँ महानगरपालिकाको अन्तिम लेखा परीक्षणबाट आयो यस्तो रिपोर्ट
barnanmedia.com · Thu Nov 05 06:19:23 UTC 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको ५८.५५ प्रतिशत वित्तीय प्रगति भएको छ । महानगरपालिकाको अन्तिम लेखा परीक्षणका लागि भएको प्रवेश बैठकमा वित्त विभागका प्रमुख विकास चित्रकारले यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार महानगरपालिकाका विभागहरूको औसत खर्च ३८.३४ प्रतिशत र वडाहरूको ६३.९१ प्रतिशत छ । सञ्चित कोषबाट भएको खर्चका आधारमा अन्तिम लेखा परीक्षण गरिनेछ । महानगरपालिकाको अन्तिम लेखा परीक्षणका लागि महालेखा परीक्षकको कार्यालयका अधिकारीहरूसँग कात्तिक १८ गते प्रवेश बैठक भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)