मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आँखुखोला जलविद्युत् कम्पनीले हकप्रद जारी गर्ने

baahrakhari.com · Thu Nov 05 06:22:49 UTC 2026

काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनीले हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । अनुमति पाएको खण्डमा कम्पनीले एक कित्ताबराबर एकका दरले हकप्रद जारी गर्नेछ ।

बुधबार (कात्तिक १८) बसेको कम्पनी सञ्चालक समितिको बैठकबाट चुक्ता पुँजी दुई अर्बबराबरको १ : १ को अनुपातमा सेयर निष्कासन गर्ने निर्णय गरिएको हो । कम्पनीले यसअघि लगानी सम्झौता गरेका, लगानी गर्ने सैद्धान्तिक सहमति गरेका र अरू आयोजनामा लगानी गर्नका निम्ति हकप्रदमार्फत पुँजी संकलन गर्न लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)