मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा ‘बाटुलो जून’

khabarhub.com · Thu Nov 05 06:17:07 UTC 2026

काठमाडौं – अभिनेता अनमोल केसीको नयाँ फिल्म ‘बाटुलो जून’ले प्रदर्शनअघि नै दर्शकमाझ चर्चा बटुल्न थालेको छ । बुधबार साँझ सार्वजनिक भएको फिल्मको ट्रेलरले तीन लाखभन्दा बढी भ्युज पाएको छ । युट्युबको फिल्म सेक्सनमा दोस्रो स्थानमा ट्रेन्डिङ भएपछि फिल्मप्रति दर्शकको चासोसमेत बढेको देखिन्छ।

सार्वजनिक ट्रेलरले फिल्मको प्रेमकथासँगै केही रहस्यमय र भावनात्मक पक्षलाई पनि उजागर गरेको छ । ट्रेलरमा अनमोल गाउँमा पढाउन पुगेका एक शिक्षकको भूमिकामा देखिएका छन् । गाउँमा उनको भेट प्रिन्सी खतिवडासँग हुन्छ । उनीहरूबीच बढ्दै गएको सामीप्यता र अनमोलले विवाहको प्रस्ताव राखेको दृश्यले फिल्मको प्रेमकथालाई संकेत गर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)