हङकङका लोकतन्त्रवादी नेता जोसुवा वङलाई १० वर्ष जेल सजाय
newsofnepal.com · Thu Nov 05 06:27:27 UTC 2026

हङकङ।
हङकङको लोकतन्त्र आन्दोलनका चर्चित अनुहार जोसुवा वङलाई विदेशी शक्तिसँग साँठगाँठ गरेको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ। हङकङमा सन् २०२० मा लागू गरिएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत उनलाई बिहीबार उक्त सजाय सुनाइएको हो। एक समय हङकङको लोकतन्त्र आन्दोलनको नेतृत्वदायी अनुहारका रूपमा स्थापित ३० वर्षीय वङ पछिल्लो समयसम्म पनि जेलमै थिए। उनले यसअघि नै करिब ६ वर्ष जेल जीवन बिताइसकेका छन्। आगामी जनवरीमा रिहा हुने अपेक्षा गरिएका उनलाई नयाँ अभियोगमा थप १० वर्ष जेल सजाय सुनाइएको हो। यद्यपि, नयाँ सजायको दुई महिना दुई दिन भने यसअघिको सजायसँगै गणना हुने अदालतले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)