मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घरधन्दासँगै फूलखेतीमा रमाउँदै गुण्डुका महिला, मेहनतअनुसार मूल्य नपाएको गुनासो

kendrabindu.com · Thu Nov 05 06:20:48 UTC 2026

भक्तपुर । कुनै समय घरधन्दामा मात्रै सीमित हुने महिलाहरू अहिले व्यावसायिक फूल खेतीमार्फत आम्दानीको बाटोमा जोडिन थालेका छन् । भक्तपुरको गुण्डुका महिलाहरू मखमली फूल खेतीलाई आम्दानीको माध्यम बनाउँदै आत्मनिर्भरतातर्फ अघि बढिरहेका हुन् ।

तिहारलाई लक्षित गरेर गरिने फूलखेती अहिले यहाँका महिलाहरूका लागि मौसमी आम्दानीको राम्रो स्रोत बनेको छ । उनीहरुले एकदेखि डेढ रोपनीसम्म जग्गा भाडामा लिएर व्यावसायिक रूपमा मखमली फूल खेती गर्दै आएका छन् । घरायसी कामसँगै खेतीमा समय बिताउने उनीहरू बिरुवा रोप्नेदेखि फूल टिप्ने, माला उन्ने र बिक्री गर्ने काममा आफैँ खटिने गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)