शिक्षा र जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको छ : परराष्ट्रमन्त्री खनाल
ratopati.com · Thu Nov 05 06:29:26 UTC 2026

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले शिक्षा, प्रविधि, नवप्रवर्तन र जनस्तरको प्रगाढ सम्बन्धले नेपाल र जापानबिचको ऐतिहासिक मित्रतालाई थप सुदृढ बनाएको बर्ताएका छन् । साउथ एसिया फेडेरेसन अफ जापनिज युनिभर्सिटी अल्मुनाई एसोसिएसन (साफजुआ) द्वारा आयोजित ‘साफजुआ सिम्पोजियम २०२६’ को उद्घाटन सत्रलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले शिक्षामार्फत स्थापित सम्बन्ध नै दुई देशबिचको सबैभन्दा दिगो र भरपर्दो आधारशिला भएको उल्लेख गरे ।
नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको सन्दर्भ जोड्दै मन्त्री खनालले दुई देशबिचको सम्बन्ध औपचारिक कूटनीतिभन्दा धेरै पुरानो रहेको स्मरण गरे । सन् १८९९ मा जापानी बौद्ध भिक्षु एकाइ कावागुचीको नेपाल आगमन र सन् १९०० को प्रारम्भमा आठ जना नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएको ऐतिहासिक घटनाले नै दुई देशका जनताबिच सम्बन्धको जग बसालेको उनको भनाइ थियो। सोही ऐतिहासिक जगका आधारमा सन् १९५६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)