भारतीय जहाजहरूलाई हर्मुज जलमार्ग भएर जान इरानको अनुमति
hamrakura.com · Thu Nov 05 00:00:00 UTC 2026

तेहरान । करिब आठ महिनाको बन्दपछि इरानले भारतीय जहाजहरूलाई 'स्ट्रेट अफ हर्मुज' हर्मुज जलमार्ग भएर जान अनुमति दिएको छ। अब भारतीय जहाजहरूले कुनै बाधा बिना यो मार्ग प्रयोग गर्न सक्नेछन् ।
इरानले चीन, इराक र कतारका जहाजहरूलाई पनि यस्तै छुट दिएको छ। यस मार्गमा जहाजहरूको आवतजावतमा फेब्रुअरी २८ देखि प्रतिबन्ध लगाइएको थियो । भारतले आफ्नो कुल कच्चा तेलको आवश्यकताको करिब ४० प्रतिशत हिस्सा यही मार्गबाट आयात गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)